राजनीति


नेकपा सांसद तथा गायिका सानु सिवा पहाडीको निधन

 नेकपा सांसद तथा गायिका सानु सिवा पहाडीको निधन

नेपालखबर
असोज २८, २०७७ बुधबार ७:३,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ।

प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन्।

लामो समयदेखि मिगौला रोगबाट पीडित पहाडीको २०६३ मा भारतको तामिलनाडुको एपोलो हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो।

राजनीतिका साथसाथै उनी जनवादी गीतसंगीतको क्षेत्रमा समेत क्रियाशील थिइन्। उनका ‘नरोए आमा’ र ‘बाँचेछु भने’ गरी दुईवटा एल्बम प्रकाशित छन्।

उनलाई २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad