ad ad

राजनीति


चिनियाँ सीमामा सीमास्तम्भ फेरिएको आशंका

चिनियाँ सीमामा सीमास्तम्भ फेरिएको आशंका

नेपालखबर
असोज २६, २०७७ सोमबार १६:२०,

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेकोे बताएका छन्।

नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले सीमास्तम्भमा कोरिएका देवनागरी लिपि फरक फरक भएको, सीमास्तम्भको आकार नयाँ निर्माण गरिएको र ‘पुराना स्तम्भको टुक्रा सोही ठाउंँमा भेटेको’ उनले जिकिर गरे।

नाम्खा गाउँपालिका वडा नं ६ लिमी, लाप्चामा अनुगमन गरी सदरमुकाम सिमकोट आएलगत्तै आयोजित पत्रकार सम्मेलनमा शाहीले लोलुगङ्जोग र लिमी, लाप्चाको सीमामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिल्लर निर्माण गरेको जिकिर गर्दै लिमी लाप्चामा चीनले भवन निर्माण गरेको स्थानसमेत नेपालको भएको दाबी गरे।

शाहीले टोलीले तयार पारेको स्थलगत प्रतिवेदनबारे जिल्लाका सर्वदलीय बैठक र स्थानीय अधिकारीलाई पनि जानकारी गराइने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली कांग्रेसका सभापति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षलगायत नेतासमक्ष प्रस्तुत गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .