राजनीति


मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : भोलि संसदीय दल बैठक, त्यसअघि के के हुँदैछ?

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : भोलि संसदीय दल बैठक, त्यसअघि के के हुँदैछ?

नेपालखबर
असोज २६, २०७७ सोमबार ८:४८,

सत्तारुढ दल नेकपाका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीमाथि परेको अविश्वास प्रस्तावको विषयमा मंगलबार १ बजे प्रदेशको नेकपा संसदीय दलमा छलफल हुने भएको छ।

एक सांसदका अनुसार अविश्वास प्रस्ताव फिर्ता हुने संभावना निकै नै कम छ।

‘अविश्वास प्रस्ताव फिर्ता लिने संभावना छैन, दलको बैठकमै मुख्यमन्त्रीले यसको सामना गर्नुहुनेछ,’ प्रदेश सभाका ती सांसदले नेपालखबरसँग भने।

आइतबार नेकपा सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीहरुले नेकपा संददीय दलका नेता तथा मुख्यमन्त्री शाहीले पार्टी र सरकार सञ्चालन प्रभावकारी रुपमा गर्न नसकेको भन्दै सो प्रस्ताव दर्ता गराएका हुन्।

शाहीमाथि परेको अविश्वास प्रस्ताव फिर्ता गराउन अहिले सो प्रदेशका नेताहरुबीच सुर्खेतमा छलफल भइरहेको छ।

माधवकुमार नेपाल र पुर्वमाओवादी केन्द्रका नेताहरुबीच पहिलो चरणमा छलफल गरेपछि यामलाल कँडेल लगायतका संसदहरुसँग छलफल गर्ने तयारी भइरहेको बैठकस्थलमा रहेका एक नेताले बताए।

‘सकभर अविश्वासको प्रस्ताव फिर्ता गराउने प्रयास भइरहेको छ, यदि भएन भने संसदीय दलमा कसरी छलफल गर्ने भन्ने टुंगो लगाउँछौं,’ बैठकमा सहभागी अर्का एक नेताले नेपालखबरसँग भने।

ती नेताको भने भोलिसम्ममा अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने अपेक्षा छ।

कर्णालीका मुख्यमन्त्री शाहीमाथि अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले हिजै कर्णालीका नेताहरुसँग टेलिफोनमा कुरा गरेका थिए।

सोमबार विहान सो प्रदेशका इन्चार्ज जनार्दन शर्मा, स्थायी समिति सदस्य वर्षमान पुन लगायतका नेतासँग प्रचण्डले आफ्नै निवास खुमलटारमा फेरि छलफल गरेका थिए।

त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि प्रचण्डले छलफल गरे।

त्यसपछि प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटी मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव तत्काल फिर्ता लिन निर्देशन दिन आग्रह गरेका थिए।

याे पनि: 
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ताका लागि निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह

पूर्वएमाले एकढिक्का भएपछि तेस्रो प्रयासमा शाहीविरुद्ध अविश्वास प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .