त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले भक्तपुर र सिरहाबाट उनीहरुलाई पक्राउ गरेको हो।
भक्तपुरको सूर्यविनायकबाट रुपेश साह र सिरहाबाट रविन लामा पक्राउ परेको काठमाडौं प्रहरी श्रोतले जानकारी दियो।
असोज २० गते कुटपिटबाट गम्भीर घाइते उपप्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकलमा आएका दुई जनाले रडले आक्रमण गर्दा उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
84
Shares
प्रतिक्रिया