चीन र भारतबीच सीमा विवाद जारी रहँदा पोम्पिओले चीनले भारतसँगको सीमामा ठूलो मात्रामा सेना तैनाथ गरेको बताएका हुन्।
पछिल्ला खबरहरुका अनुसार भारत र चीनबीच सीमा विवाद सुल्झाउने छलफल चलिरहँदा दुवै देशले सेनाहरु थपेर तैनाथ गरेका छन्। दुवै देशले सीमामा अत्याधुनिक हतियार पनि तयार गरेका छन्।
हालै मात्र अमेरिका, जापान, भारत र अस्ट्रेलिया आवद्ध क्वाड समूहको वैठक टोकियोमा सम्पन्न भएको थियो।
उक्त वैठकमा अमेरिकाले चीनको खतराविरुद्ध आफूहरु एक हुनुपर्ने बताएको थियो। त्यस लगत्तै चीनले क्वाड समूह चीनविरुद्धको गठबन्धन भएको आरोप लगाएको थियो।
यससँगै शुक्रबार चीनको विषयमा एक अन्तर्वार्तामा पोम्पिओले भनेका छन्,‘चीनले भारतको सीमामा ६० हजार सेना तैनाथ गरेको भारतले देखेको छ।’
पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टी विश्वका लागि खतरा भएको पनि बताएका छन्।
गत मंगलबार टोकियो भ्रमणका क्रममा पोम्पिओ र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो।
उक्त वैठकमा इन्डो–प्यासिफिक क्षेत्रलाई सुरक्षित गर्न सहकार्य गर्ने सम्झौता भएको बताइएको थियो। एजेन्सी

प्रतिक्रिया