ad ad

राजनीति


कोरोना संक्रमित ट्रम्पले किन आफ्ना प्रतिस्पर्धी बाइडेनसँग बहस गर्दिनँ भने?

कोरोना संक्रमित ट्रम्पले किन आफ्ना प्रतिस्पर्धी बाइडेनसँग बहस गर्दिनँ भने?

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ०:४१,

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आउने नोभेम्बर ३ मा हुने चुनावका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी नहुने बताएका छन्।

अर्को हप्ताका लागि ताेकिएकाे उम्मेदवारबीचकाे बसहमा आफू सहभागी हुन नचाहेको उनले बिहीबार बताएका हुन्।

कोरोनाबाट संक्रमित ट्रम्मप तीन दिन अस्पतालमा उपचार गरी केही दिनअघि मात्र सरकारी निवास ह्वाइट हाउस फर्किएका ट्रम्प अझै उपचारकै क्रममा छन्।

एपीका अनुसार उनले  फक्स न्युजसँग भनेका छन्, ‘म भर्चुअल बहसमा सहभागी हुन लागिरहेकाे छैन।’

बहस कार्यक्रम आयोजकले राष्ट्रपतिका उम्मेदवारबीच  दोस्रो बहसको तयारी गरिरहेका बेला उनले सहभागी नुहने प्रतिक्रिया दिएका हुन्।

ट्रम्म र बाइडेनबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो। जसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .