राजनीति


इरान भन्छः अजरबैजान र आर्मिनियाको लडाइ क्षेत्रीय युद्धमा परिणत हुनसक्छ

इरान भन्छः अजरबैजान र आर्मिनियाको लडाइ क्षेत्रीय युद्धमा परिणत हुनसक्छ

नेपालखबर
असोज २२, २०७७ बिहिबार ८:४२,

‘अजरबैजान र आर्मिनियाबीचको लडाई क्षेत्रीय लडाइमा परिणत हुनसक्छ त्यसकारण हामी सजग हुनुपर्छ’ इरानका राष्ट्रपति हसन रुहानीले भनेका छन्,‘हामी यस क्षेत्रमा शान्तिपूर्ण ढंगले स्थायित्व पुनःस्थापना हुने आशा गर्दछौं।’

इरानको माटोमा गल्तीले कुनै देशको क्षेप्यास्त्र खस्यो भने त्यो अस्वीकार्य हुने पनि रुहानीको भनाइ छ। उनले आफ्नो प्राथमिकता युद्ध नहोस् भन्ने बताउँदै आफ्नो गाउँ र शहर जोगाउनु महत्वपूर्ण भएको बताए।

आफ्ना सेनाले सीमामा दुवै देशको गतिविधिलाई हेरिरहेको पनि रुहानीको भनाइ छ।

Cities under fire as Armenia-Azerbaijan fighting intensifies

हाल आर्मिनिया र अजरबैजानबीच विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर धेरै दिनयता संघर्ष भइरहेको छ।

सो क्रममा ३ सयभन्दा बढीको ज्यान गइसकेको छ। औपचारिक रुपमा नागोर्नो–काराबाख क्षेत्र अजरबैजानको हिस्सा भएपनि पहिल्यैबाट आर्मिनियाका समुदायले यस क्षेत्र संचालन गर्दै आएका छन्।

हाल यसै क्षेत्रको स्वामित्वको विषयलाई लिएर दुवै देशका सेना भिडिरहेका हुन्। उक्त क्षेत्रमा मानिसहरु डर र त्रासमा बाँचिरहेका छन्।

नागोर्नो–काराबाख विवाद के हो?

नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad