ad ad

राजनीति


नेकपा सचिवालय बैठक : सांगठनिक एकताबारे छलफल, मन्त्रिमण्डल पुनर्गठनबारे कुरै उठेन

 नेकपा सचिवालय बैठक : सांगठनिक एकताबारे छलफल, मन्त्रिमण्डल पुनर्गठनबारे कुरै उठेन

नेपालखबर
असोज २०, २०७७ मंगलबार १३:१६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) पार्टी नेकपा सचिवालय बैठकमा सांगठनिक एकता र संवैधानिक नियुक्तिका विषयमा छलफल भएको छ।

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठक सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव र संवैधानिक राजनीतिक नियुक्तिका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

उनले छलफल जारी रहेको र छिट्टै दुई अध्यक्ष बसेर यसबारे टुंगोमा पुग्ने गरी छलफल गरेर बैठक बोलाउने जानकारी दिए। उनले आजकाे बैठकमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा बैठकमा कुनै छलफल नै नभएको जानकारी दिए।

‘मन्त्रिपरिषद्काे पुनर्गठनका बारेमा कुनै छलफल भएन, कुनै पनि प्रकारको जानकारी पनि प्रधानमन्त्रीले बैठकलाई गराउनुभएन’, बैठकपछि पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भने।

उनले राजदूतको नियुक्तिका विषयमा पनि प्रारम्भिक छलफल भएको जानकारी दिए।

उनले पार्टी एकीकरणका बाँकी काम अघिल्लो बैठकले १० दिनभित्र सक्नेगरी निर्देशन दिए पनि गृहकार्य जारी रहेको बताए। उनले अहिलेसम्म गृहकार्य जारी रहेका कारण अर्को बैठकमा छलफल हुने बताए।

प्रदेश ५ को नाम र राजधानीका विषयमा पत्रकारले उठाएको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले त्यो प्रदेशसभाको क्षेत्रभित्र पर्ने बताए।

‘प्रदेश ५ वा अन्य कुनै पनि प्रदेशको नामंकन र राजधानी तोक्ने कुरा संवैधानक रुपले नै प्रदेशभाको क्षेत्रभित्रको विषय हो’, उनले भने, ‘यसबारे प्रदेशसभाले गरेको कुरा नै संवैधानिक रुपमा पनि राजनीतिक रुपमा पनि स्वीकार गर्नुपर्ने हुन्छ।’

प्रदेशसभाले निर्णय गर्दा छलफल हुन, मतभेद राख्नु स्वभाविक भएको बताउँदै उनले त्यहाँ भौतिक रुपमा भएको गतिविधि भने दुखद् र अस्वभनीय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .