ad ad

राजनीति


अनसन अन्त्य गर्न डा. केसीलाई नेकपाको आग्रह

अनसन अन्त्य गर्न डा. केसीलाई नेकपाको आग्रह

नेपालखबर
असोज २०, २०७७ मंगलबार १२:५०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ।

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीलाई अनसन अन्त्य गर्नका लागि सरकाले पत्र पठाएको बोरे प्रधानमन्त्रीले जानकारी दिएको बताए। ‘डाक्टर गोविन्द केसीलाई अनसन तोड्न सरकारले अपिल गर्न पत्र पठाएको बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनु भयो’, उनले भने।

डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने जानकारी दिए।

उनले अहिले कोरोनाको महामारी राकथाम नियन्त्रण तथा उपचारमा केन्द्रित हुनेगरी छलफलका केही विषय भए पछि गर्नेगरी अहिलेलाई अनसन फिर्ता लिन अनुरोध गरेको बताए।

‘कोरोनाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥यारहेको बेलामा सबै कोरोना संक्रमणको रोकथाम नियन्त्रणमा र उपचारमा केन्द्रित हुनुपर्ने, यसले पारेको बहुआयामिक असरलाई सम्बोधन गर्न केन्द्रित गर्नुपर्ने माग भएकाले अहिले पहिला भएको सम्झौता क्रियान्वयन भइसकेको अवस्थामा अरु विषयमा छलफल गर्नुपर्ने भए पछि छलफल गर्नेगरी बैठकले पनि सरकारलेजस्तै अनसन अन्त्य गर्न अनुरोध गरेको छ’, प्रवक्ता श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .