ad ad

राजनीति


सचिवालय बैठकका लागि बालुवाटारमा जुटे नेकपाका शीर्ष नेता

सचिवालय बैठकका लागि बालुवाटारमा जुटे नेकपाका शीर्ष नेता

नेपालखबर
असोज २०, २०७७ मंगलबार ११:३,

सत्तारूढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा मन्त्रिमण्डल पुनर्गठन र राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल हुनेछ।

पार्टी एकताको बाकी काम सम्पन्न गर्न असोज ६ गते सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु

पौडेललाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो।

सो समय समेत गुज्रिएको अवस्थामा सचिवालय बैठक बसेको हो।

आजको बैठकले कोरोना महामारी लगायतका विषयमा समेत छलफल गर्ने नेताहरूले बताएका छन्।

साथै असोज ४ गते बसेको बैठकले २०७४ को चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही गरेका केही नेताहरुको कारबाही फुकुवाको निर्णय पनि गर्नसक्ने जनाइएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस विज्ञ रामशरण बजगाईं र प्रधानमन्त्री र बालुवाटारको सुरक्षामा खटिएका ६० भन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि बालुवाटारमा बैठकहरु हुने नहुने अनिश्चित भइरहेका बेला नेकपाको सचिवालय बैठक भने त्यहिँ नै राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .