प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमित भएका छन्।
शनिबार दिउँसो रिमालले समाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै आफूमा कोरोना पोजिटिभ देखिएको जानकारी गराएका छन्। सल्लाहकार रिमालले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमृत आग्रह गरेका छन्।
‘हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’, उनले ट्विटरमा लेखेका छन्, ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’
हिजोको PCR परीक्षणबाट
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j

प्रतिक्रिया