ad ad

राजनीति


ओली–प्रचण्ड छलफल सकियो, शनिबार ४ बजे सचिवालय बैठक

ओली–प्रचण्ड छलफल सकियो, शनिबार ४ बजे सचिवालय बैठक

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ६:३३,

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।

‘दुई अध्यक्षबीच आज भएको छलफलमा भोलि (शनिबार) दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने समति भएको छ’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने। 

राजदूत लगायतका राजनीतिक नियुक्ति प्राधनमन्त्री ओलीले एकलौटी रुपमा गरेको सचिवालय सदस्यहरुले नै उनको आलोचना गर्न थालेपछि बैठक बालोइएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो।

 पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन्।

याे पनि : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै नेकपामा फेरि विवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .