उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमा आफूहरुसँग युद्ध रोक्ने विश्वसनीय हतियार रहेको बताएको छ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली दूत किम सङले अब आफूहरु नाकाबन्दीबाट संकटमा परेको अर्थतन्त्र विकासमा लागेको बताए।
‘जब आफूसँग युद्धलाई रोक्ने शक्ति प्राप्त हुन्छ, तबमात्रै वास्तविक शान्ति कायम गर्न सकिन्छ,’ किमले भने, ‘हामीले पनि कम्मर कसेर प्रभावकारी र विश्वसनीय युद्धरोधक प्राप्त ग¥यौँ। अब कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षा सुनिश्चित छ।’
गएको केही वर्ष उत्तर कोरियाले अनेकौँ आणविक हतियार परीक्षण गरेको थियो।
किमले अब राज्य र जनताको सुरक्षाको ग्यारेन्टीपश्चात आफूहरुले सम्पूर्ण ध्यान आर्थिक निर्माणमा केन्द्रित गरेको पनि बताए। एजेन्सी

प्रतिक्रिया