राजनीति


अनसनरत डा. केसीलाई भेटेर भट्टराई र मिश्रले जाहेर गरे ऐक्यवद्धता

अनसनरत डा. केसीलाई भेटेर भट्टराई र मिश्रले जाहेर गरे ऐक्यवद्धता

नेपालखबर
असोज १४, २०७७ बुधबार १३:५४,

अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

डा. भट्टराई पत्नी हिसिला यमीसँगै बुधबार अपरान्ह शिक्षण अस्पताल गएका हुन्। डा. केसीलाई भेटेर डा. भट्टराईले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र सरकारले कुनै चासो नदिएकोप्रति असन्तुष्टि व्यक्र गरेका छन्।

डा. भट्टराईले ट्वीट गरेका छन्, ‘अरूको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ! १९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले उहाँको जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो।’

mishra-kc.jpg

यस्तै, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि डा. केसीलाई भेटेर उनको उनका मागमा ऐक्यवद्धता प्रकट गरेका छन्।

‘संयोजक मिश्रले अनसनको १७ दिन भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका’ साझा पार्टीले जनाएको छ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधार एवं विगतका सहमति पालनाको माग गर्दै १९औँ अनसन जुम्लाबाट सुरु गरेका हुन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आठौं दिनमा केसीलाई काठमाडौं ल्याइएको थियो। उनले काठमाडौं आएर पनि अनसनलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad