राजनीति


परराष्ट्र मन्त्रीलाई गगनको प्रश्न : राजदूत पाण्डेको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो?

परराष्ट्र मन्त्रीलाई गगनको प्रश्न : राजदूत पाण्डेको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो?

नेपालखबर
असोज १४, २०७७ बुधबार ४:४९,

प्रमुख प्रतिपक्षी दिन नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चीनका लागि नेपाली राजदूतले महेन्द्र पाण्डेले ग्लोबल टाइम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादा विपरीत भएको बताएका छन्।

राजदूत पाण्डेको ग्लोबल टाइम्समा प्रकाशित अन्तरवार्तामा व्यक्त विचार र भाषालाई लिएर नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट लेख्दै अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवाञ्छनीय हुने बताएका हुन्।

उनले यतिखेर भारत–चीन र नेपालसम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको भन्दै यस्तो बेला राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कूटनीतिक कौशलमा समेत प्रश्न उठाउने बताएका हुन्।

‘चीनका लागि नेपाली राजदूतले ग्लोबल टाइम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादा विपरीत छ’, ट्विटरमा नेता थापाले लेखेका छन्, ‘प्रदीप ज्ञवालीज्यू, राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो? होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।’

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .