नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकार कहिले ‘रामदेव’को मन्दिर र कहिले ‘वामदेव’को व्यवस्थापनमा व्यस्ता भएको आरोप लगाएका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै नेता गुरुङले कोरोनाको महामारीमा पनि सरकारको प्राथमिकतामा जनता नपरेको बताए।
उनले जनताको व्यवस्थापन परापूर्वकालको राजतन्त्रमा जस्तै गणतन्त्रका राजाहरुले पनि पशुपतिनाथकै जिम्मामा छाडेको बताए।
‘सरकार कहिले ‘रामदेव’को मन्दिर निर्माणमा र कहिले ‘वामदेव’को व्यवस्थापनमा ब्यस्त छ। जनताको व्यवस्थापन त परापूर्व कालदेखि पशुपतिनाथकै जिम्मामा छँदैछ। तत्कालीन राजाहरुले ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे। गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएका छन्’, नेता गुरुङले ट्विटरमा लेखेका छन्।
— Dhan Raj Gurung (@dhanrgrg) September 29, 2020सरकार कहिले "रामदेव"को मन्दिर निर्माणमा र कहिले "बामदेब"को ब्यबस्थापनमा ब्यस्त छ। जनताको ब्यबस्थापन त परापुर्ब कालदेखि पशुपतिनाथकै जिम्मामा छँदैछ। तत्कालीन राजाहरुले "पशुपतिनाथले हामी सबैको कल्याण गरुन्" भन्थे। गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएका छन्।
कांग्रेसका प्रभावशाली युवा नेता गुरुङले पछिल्लो समय सरकारका काम कारबाहीलाई लिएर आलोचना गर्दै आएका छन्।
प्रतिक्रिया