ad ad

कारोबार


सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपालखबर
असोज १३, २०७७ मंगलबार १०:२८,

सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो।

महासंघले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय तोकेको छ। आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय र तेजाबी सुनको मूल्य ९२ हजार ८ सय थियो।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ वृद्धि भई एक हजार १ सय ७५ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .