ad ad

राजनीति


लौरो टेक्दै छाङरुका गाउँ डुलेपछि गृहमन्त्रीले भने अब व्यासवासीलाई सेवा सुविधाको कमी हुने छैन

लौरो टेक्दै छाङरुका गाउँ डुलेपछि गृहमन्त्रीले भने अब व्यासवासीलाई सेवा सुविधाको कमी हुने छैन

नेपालखबर
असोज १०, २०७७ शनिबार १६:४१,

गृहमन्त्री रामबहादुर थापाले दार्चुला जिल्लाको छाङरु पुगेर त्यहाँका स्थानीयवासीलाई सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधामा कुनै कमी हुन नदिने बताएका छन्।

लाैराे टेकेर त्यहाँका बिभिन्न ठाउँकाे अवलाेकन गरेका गृहमन्त्री थापाले अबदेखि आधारभूत सेवाका लागि अन्यत्र कहीँ जान नपर्ने भनी व्यासवासीलाई आश्वस्त पारेका हुन्।

गृहमन्त्री थापाले सशस्त्र प्रहरी बलको दार्चुलास्थित व्यास गाउँपालिका छाङ्गरुमा स्थापना भएको सशस्त्र प्रहरी बल गुल्म दार्चुलाको एक समारोहबीच अनावरण गरेका थिए।

HomeMinister Changru 8

सोही अवसरमा उनले छाङ्गरुमा नयाँ निर्माण हुने उक्त गुल्म भवनको पनि शिलान्यास गरेका थिए।

शुक्रबार नेपाली सेनाको हेलीकप्टरबाट गृहसचिब महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित दार्चुला जिल्लाको छाङ्गरु पुगेका गृहमन्त्री थापाले व्यास गाउँपालिकाका विभिन्‍न स्थानहरुको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय वासिन्दाहरुसँग अन्तरक्रिया गरेका थिए।

स्थानीय जनतासँगको अन्तरक्रियामा गृहमन्त्री थापाले त्यस ठाउँमा स्वास्थ्य तथा अन्य प्रशासनिक कार्यालयहरुको स्थापना गर्ने कुरामा सरकारको ध्यान पुगेको बताएका थिए।

थापाले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सरकार लाग्ने र जनताको सुविधाको लागि थप कार्यक्रम ल्याइने प्रतिबद्धता जनाएका छन्।

HomeMinister Changru 4

सोहि कार्यक्रममा बोल्दै दार्चुलाका सांसद गणेश सिंह ठगुन्नाले केन्द्र सरकारका गृहमन्त्री छाङ्गरु आएर स्थानीयवासीलाई उत्साहित गरेको बताएका थिए।

गृहसचिब महेश्वर न्यौपानेले त्यस क्षेत्रमा सरकारको सघन उपस्थिति कायम राखिने बताउँदै सीमा सुरक्षामा सुरक्षाकर्मी सँगै नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बताए।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सुरक्षाकर्मीलाई इमान्दार¸ अनुशासित र वफादार भई राष्ट्रको सीमा सुरक्षाको जिम्मेवारी र स्थानीय जनताको सुरक्षा उच्च मनोवलका साथ गर्न निर्देशन दिएका थिए।

HomeMinister Changru 7

सो कार्यक्रममा गृहमन्त्रीका राजनितिक सल्लाहकार सुर्य सुवेदी¸ सुरक्षा सल्लाहकार ईन्द्रजित राई र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सुरक्षा निकायका उच्च पदाधिकारीको समेतको उपस्थिति थियो।

उक्त भवन करिब ९ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। स्थानीय वातावरण अनुकुल हुने उक्त भवन निर्माणपश्चात सशस्त्र प्रहरी बललाई स्थायी रुपमा तैनाथ हुन सहज हुनेछ।

गत बैशाख ३१ गते छाङ्गरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना भएको हो। सीमा सुरक्षालाई थप मजवुद बनाउने उद्देश्यअनुरुप सोही बिओपीलाई स्तरोन्‍नति गरी गुल्ममा परिणत गरिएको हो।

HomeMinister Changru 6

भारतसँग सीमा जोडिएको दुर्गम दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गर्नुका साथै त्यहाँ सुरक्षाकर्मीको उपस्थिति र अन्य गतिबिधि व्यापकरुपमा वृद्धि गरेपछि नेपालले पनि छाङरुमा सुरक्षा उपस्थिति बलियो बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .