ad ad

राजनीति


सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)

सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)

नेपालखबर
असोज ७, २०७७ बुधबार १३:५०,

नेपाल सरकारले हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा बनेको भवन चिनियाँ भूभागमै बनेको जनाएको छ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयाेजित नियमित पत्रकार भेटघाटमा नेपाल चीनबीच सीमा समस्या नरहेकाे बताए।

२०७३ सालमा बनेको अन्तर मन्त्रालय टोलीले सो भवन चिनियाँ भूभागमै बनेकाे भनेर प्रतिवेदन दिएको उनले जानकारी दिए।

'२०७३ सालमा पनि यस्तै समाचारहरु आएपछि त्यस बेलाको सरकारले अन्तर मन्त्रालय टोली निर्माण गरेर अध्ययन गराएको थियो। त्यसले ती भवनहरु चीन क्षेत्रमा एक किलोमिटर भित्र बनेको प्रतिवेदन दिएको थियो' ज्ञवालीले भने, 'यस्तो संवदेनशील विषयमा समाचार प्रकाशित गर्नुअघि त्यस सम्बन्धित विभागहरुमा बुझ्न आग्रह गर्दछु। नेपाल र चीनबीच सीमा विवाद छैन।'

ज्ञवालीले त्यस समयमा गृह, परराष्ट्र र भूमी व्यवस्था मन्त्रालयकाे टोली निर्माण भएको बताए।

उनले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताए।

भिडियाे:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .