राजनीति


हुम्लामा सीमा मिचिएकोबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग कमल थापाको माग

हुम्लामा सीमा मिचिएकोबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग कमल थापाको माग

नेपालखबर
असोज ७, २०७७ बुधबार ६:३०,

राष्ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हुम्लामा चिनियाँ पक्षले अतिक्रिमित गरेको भूमिबाट उनीहरुलाई फिर्ता पठाउन माग गरेका छन्।

अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले नेपाली भूमि अतिक्रमित गरी भवनहरु बनाएको समचार आएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्। उनले अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अबिलम्ब पहल गर्नसमेत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमि चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ। यसबारे तत्काल सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु’, बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘ साथै, अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आकर्षित गर्दछु।’

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर सबर्वजिक भएको छ। खबरलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरी चिनियाँ पक्षसँग छलफल समेत गरेको थियो।

प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले त्यो क्षेत्रमा पुगेर चिनियाँ पक्षसँग छलफल गरेको तर दुवै पक्षले आआफ्नो भूभाग भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मंगलबार बिहान नेपालखबरलाई बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad