जोन्स हपकिन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अमेरिकामा २ लाख ५ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
यस्तै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख भन्दाबढी पुगेको छ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको देश अमेरिका नै हो। साथै यहाँ कोरोनाले सबैभन्दा बढी व्यक्तिको ज्यान समेत लिएको छ।
यद्यपी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रण गर्नमा आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।
ट्रम्पले आफूले अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न ‘असाधारण काम’ गरेको साथै आफूले उत्कृष्ट काम गरेकाले आफूले आफैंलाई ‘ए प्लस’ दिने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको पुनः आरोप पनि लगाए। एजेन्सी

प्रतिक्रिया