राजनीति


उपचारपछि बाँचेका रुसका विपक्षी नेता नाभाल्नी भन्छन् : मलाई यस्ताे कडा विष खुवाइएको रहेछ!

उपचारपछि बाँचेका रुसका विपक्षी नेता नाभाल्नी भन्छन् : मलाई यस्ताे कडा विष खुवाइएको रहेछ!

नेपालखबर
असोज ६, २०७७ मंगलबार १:१०,

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक विपक्षी नेता अलेक्सी नाभाल्नीले आफूलाई सोभियतकालमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ खुवाएको पाइएको बताएका छन्।

कोमाबाट सामान्य अवस्थामा फर्केका रुसका विपक्षी नेता नाभाल्नीले आफ्नो शरीरमा त्यस्तो विष रहेको भनेर पश्चिमी प्रयोगशालाले पुष्टि गरेको सोमबार जानकारी दिएका हुन्।

थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न उनले रुसको सरकारसँग मागसमेत गरेका छन्।

गत अगस्ट २० मा जहाजमा साइबेरियाबाट मस्को गइरहेका बेला अचानक बेहोस भएका थिए। त्यसपछि उनी चढेको विमान बीचमै अवतरण गरी उनलाई रुसकै एक अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव भएपछि उनलाई जर्मनी लगिएको थियो। जर्मनीको बर्लिनस्थित एक अस्पतालमा उपचारपछि नाभाल्नी स्वास्थ्य लाभ गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad