सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको छ।
बैठकमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सबै नौ सदस्य सहभागी थिए। बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको बताइएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा नीतिगत छलफल मात्रै सुरु भएको र व्यक्तिका विषयमा कुनै छलफल नभएको बैठकपछि पत्रकारलाई जनाकारी दिए।
उनका अनुसार मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने बारे र चौथो विविध गरी बैठकले चार एजेन्डा तय गरे पनि आज भने मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा मात्रै छलफल गरेको हो।
सचिवालय बैठक भोलि १ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।











प्रतिक्रिया