ad ad

राजनीति


नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल (भिडियाे)

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल (भिडियाे)

नेपालखबर
असोज ४, २०७७ आइतबार ९:३०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको छ।

आइतबार पेरिसडाँडामा ३ घण्टा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

प्रवक्ता श्रेष्ठले आजको बैठकमा नीतिगत छलफल मात्रै सुरु भएको र व्यक्तिका विषयमा कुनै छलफल नभएको बैठकपछि पत्रकारलाई जनाकारी दिए।

‘आजको बैठकका ४ वटा एजेन्डा थिए जसमध्ये मन्त्रिपरिषदको पुनर्गठनका बारेमा नीतिगत छलफल मात्रै भएको छ’, प्रवक्ता श्रेष्ठले भने’, बैठकमा पुनर्गठनका बारेमा विभिन्न कोणबाट सुझाव दिइएको छ, व्यक्तिहरुका नामका बारेमा भने आज हामी प्रवेश गरेका छैर्नौँ।’ उनले मन्त्रिपरिषदको पुनर्गठन स्थायी समितिको निर्णय अनुसार नै गर्नेगरी छलफल भएको उनले जनाकारी दिए।

 केही समय अगाडि सम्पन्न स्थायी समितको बैठक निर्णय कार्यान्वयन गर्नका लागि सचिवालय बैठक बसेको उनले जानकारी दिए।

बैठकले चारवटा कार्यसूची तय गरेर त्यसमाथि छलफल प्रारम्भ गरेको उनले जानकारी दिए।

मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने बारे र चौथो विविध गरी बैठकले चार एजेन्डा तय गरे पनि आज भने मनि्त्रपरिषद् पुनर्गठन गर्ने विषयमा मात्रै छलफल गरेको हो।

सचिवालय बैठक भोलि १ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .