हिमालयन बैंक र सिभिल बैंक मर्ज गर्ने समाचार आएपछि सिभिलको सेयर मूल्य ह्वात्तै बढेको छ। साताको पहिलो दिन ११ बजे सेयरबजार सुचारु हुनेबित्तिकै सिभिलको सेयर १० प्रतिशतले बढेको थियो।
त्यसपछि नेपाल स्टक एक्सचेन्जले (नेप्सेले) सर्किट समेत लगाएको हो।
वाणिज्य बैंकहरुमा सबैभन्दा कमजोर मानिएको सिभिल बैंकको सेयर आज १६५ रुपैयाँ प्रतिकित्ता पुगेको छ।
यसरी सेयर बढेपछि आजै पत्र लेख्दै नेप्सेले मर्जरको कुरा हल्ला मात्रै हो कि आधिकारिक भएको स्पष्टीकरण सोधेको छ।
सिभिल बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन गरेको भन्ने विषय विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको कुरा साँचो हो वा झूटो आधिकारिक खुलाउन भनिएको छ।
नेप्सेले लेखेको पत्रमा भनिएको छ, ‘धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्नसक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो जानकारी तुरुन्त दिनुपर्ने व्यवस्थाबमोजिम सोसम्बन्धी सूचना तथा जानकारी यस लिमिटेडमा त्यस बैंकको तर्फबाट प्राप्त नभएकोले जवाफ पेश गर्न निर्देशन दिइएको छ।’
नेपालखबरले सिभिल र हिमालयन बैंकबीच मर्जर हुनलागेको समाचार गत शुक्रबार प्रकाशन गरेको थियो।
यो पनिः
कांग्रेस नेता सुनिल थापाको काँधमा हिमालयन–सिभिल बैंक मर्जर, हबिबको सेयर मुख्य चिन्ता

प्रतिक्रिया