ad ad

राजनीति


बालुवाटारबाहिर बसेको सचिवालय बैठकमा पहिलोपटक प्रधानमन्त्री ओली सहभागी

बालुवाटारबाहिर बसेको सचिवालय बैठकमा पहिलोपटक प्रधानमन्त्री ओली सहभागी

नेपालखबर
असोज ४, २०७७ आइतबार ५:५५,

 प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक बालुवाटार बाहिर बसेको सचिवालय बैठकमा सहभागी भएका छन्।

आइतबार बिहान ११ बजेबाट पेरिसडाँडामा सुरु भएको नेकपा सचिवाललाई बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका हुन्। बैठक सुरु भइसकेको र प्रधानमन्त्री ओली पनि सहभागी भएको नेकपाका एक नेताले बताए।

यसअघि बालुवाटार बाहिर सचिवालयका बैठक दुईपटक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो। दुवै बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए।

यसअघि असोज २ मै बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीको व्यवस्तताका कारण आजका लागि सारिएको थियो।

सचिवालय बैठकले केन्द्र तथा प्रदेशका मन्त्रिमण्डल पुनर्गठन र पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने विषयमा समेत निर्णय गर्न सक्ने सचिवालयका नेता बताउँछन्।

No description available. 

पहिलोपटक पेरिसडाँडामा बसेको बैठक कार्यालयको सबैभन्दा माथिल्लो हलमा बसेको छ। तत्कालीन नेकपा–एमाले र माओवादीबीच पार्टी एकीकरण हुनुअधि पुर्व माओवादी केन्द्रका केन्द्रीय तहका बैठक सोही हलमा हुने गरेको थियो।

बैठकस्थलमा सचिवालयका नौ सदस्यबाहेक अरुलाई प्रवेश निषेध गर्ने यसअघि नै निर्देशन दिइसकिएको छ।

याे पनि : पहिलोपटक सचिवालय बैठक बस्न लागेको पेरिसडाँडा कार्यालयमा यस्तो छ तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .