राजनीति


निजी सुरक्षाकर्मी संक्रमित भएपछि उर्जामन्त्री पुन आइसोलेसनमा

निजी सुरक्षाकर्मी संक्रमित भएपछि उर्जामन्त्री पुन आइसोलेसनमा

नेपालखबर
असोज २, २०७७ शुक्रबार १३:५४,

एक जना निजी सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन्।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार आज शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री निवासमै आइसोलेसनमा बसेका हुन्।

‘मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई पोजिटिभ देखियो’, भट्टले भने, ‘अब सबै जना पाँच पदनका लागि आइसोलेसनमा बस्ने र फेरि परीक्षण गर्ने तयारी छ।’

काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै बढेपनि मन्त्रीहरू मन्त्रालय र आफ्नो क्षेत्रमा सक्रिय नै छन्। पछिल्लो समय मन्त्रालय र निवासमा हुने भेटघाट केही कम गरिएपनि अन्य बैठकहरू जारी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad