राजनीति


सार्क राष्ट्रका अर्थमन्त्रीको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी

सार्क राष्ट्रका अर्थमन्त्रीको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १३:२३,

सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठक बुधबार बसेको छ।

बैठकको अध्यक्षता गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले कोभिड–१९ को कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको बताए।

नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्दै उनले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा राखेका थिए।

यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष शिसिन चेनले उद्घाटन मन्तव्य राखेका थिए।

‘कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र’ विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुति दिएका थिए। बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनीधिमण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गरेका हुन्। एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad