राजनीति


नेकपाले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने

नेकपाले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने

नेपालखबर
भदौ २८, २०७७ आइतबार ११:२७,

सत्तारुढ नेकपाले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने भएको छ।

भदौ २६ गते बसेको स्थायी समिति बैठकले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको २ दिनपछि आइतबार बसेको संगठन विभागको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक र मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने गरी तीन महिने कार्ययोजना तय गरेको हो।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा मध्याह्न १२ बजेदेखि सवा ३ सम्म बसेको थियो ।

बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमसहित उपप्रमुख जनार्दन शर्मा, सदस्यहरू खगराज भट्ट, रेखा शर्मा, हरि अधिकारी, मातृका यादवसहित सातै प्रदेशका इन्चार्जहरू थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad