सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।
स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।
‘प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु भएको छ’ बजगाईंले नेपालखबरसँग भने।
बैठकअघि आजै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो।
पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका लागि अध्यक्षद्वयले सुझाब कार्यदल गठन गरेको र कार्यदलले दिएको सुझाबका आधारमा दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेपछि नेकपाको विवाद समधानको दिशामा गएको हो।
अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ।
याे पनि : आधा माग पूरा भएको माधव नेपालको निष्कर्ष, ओली-प्रचण्डको प्रस्तावको विरोध नगर्ने

प्रतिक्रिया