भारतसँग सीमा विवाद जारी रहेको समयमा सिमानामा चीनले कम्तिमा तीनवटा एच–६ बम्बर विमान र रियान वाई–२० एयरलिफ्टर युद्धक विमान तैनाथ गरेको देखिएको एससीएमपीले जनाएको छ।
मंगलबार मात्र चिनियाँ जनमुक्ति सेनाको सामाजिक सन्जाल विबोे अकाउन्टमा तिब्बती क्षेत्रमा बम–वर्षक विमान साथै युद्धक विमान तैनाथ गरिएको जनाइएको थियो।
अधिकारीहरुका अनुसार एच–६ बम्बर विमानले एन्टी–सिप क्रुज मिसाइलहरु बोक्नसक्छ। साथै यो एकपटकमा २५ सय किलोमिटर उड्नसक्छ।
बुधबार मात्र चिनियाँ जनमुक्ति सेनाको वेस्र्टन थिएटर कमाण्डको ७७औं ग्रुप आर्मीले यी विमानहरुले सिनजियाङको मरुभूमिमा आयोजना गरिएको सैन्य अभ्यासमा भाग लिएको जानकारी दिएको थियो।
सिनजियाङ लद्दाख नजिकको क्षेत्र हो। लद्दाखको सिमानामा हाल भारतीय र चिनियाँ सेनाबीच विवाद चर्किएको छ। एससीएमपी
Shares

प्रतिक्रिया