कला


बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण

बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण

नेपालखबर
भदौ २१, २०७७ आइतबार ११:५०,

बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण देखिएको छ।

आइतबार सामाजिक सञ्जालमार्फत अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन्।

अभिनेता कपुरले आफूमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजिटिभ आएको बताएका छन्।

उनले डाक्टर र प्रशासनको सल्लाहमा आफू घरमै आइसोलेसनमा बसेको जानकारी दिए। 

‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, यो कुरा तपाईंलाई जानकारी गराउनु मेरो कर्तव्य हो’, सामाजिक सञ्जाल इन्स्टाग्राममा कपुरले लेखेका छन्, ‘म ठीक छु ममा कोरोनाको लक्षण पनि देखिएको छैन, म डाक्टर र प्रशासनसँग सल्लाह गरेर घरमै आइसोलेसनमा बसेको छु।’

‘तपाईंको समर्थनका लागि म सबैलाई अग्रिम धन्यवाद दिन्छु। म मेरो स्वास्थ्यको बारेमा तपाईलाई जानकारी गराउने नै छु। यस्तो समय पहिले कहिल्यै आएको थिएन, यो असामान्य समय हो। मलाई विश्वास छ कि सम्पूर्ण मानवजगत यस भाइरसविरुद्ध लडाई लड्नेछ र युद्ध जित्नेछ’, उनले थप लेखेका छन्।

यसअघि बलिउडका महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, गायिका कनिका कपुर लगायतका कलाकारले कोरोना संक्रमणलाई जितिसकेका छन्। अभिनेता कपुरका शुभचिनतकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad