ad ad

राजनीति


अन्तर्राष्ट्रिय दायित्व पुरा गर्न अमेरिकालाई चीनको आग्रह

अन्तर्राष्ट्रिय दायित्व पुरा गर्न अमेरिकालाई चीनको आग्रह

नेपालखबर
भदौ २०, २०७७ शनिबार ७:३९,

चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सो आग्रह गरेकी हुन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनका बारेमा दिएको प्रतिक्रियापछि चीनका देशमन्त्रालयका प्रवक्ताको यो भनाई आएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र अर्को लटमा त्यस विषयमा अमेरिकाको थप निर्णय आउने बताएका थिए।

पत्रकार सम्मेलनका क्रममा यसै विषयमा आएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हुवाले सो धारणा राखेकी हुन्। उनले भनेकी थिइन्,‘ अमेरिकाले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्वहरुलाई बुझ्न सक्नुपर्छ र त्यसको पालना पनि गर्नुपर्छ।’

विश्व कोभिड १९को महामारीमा फसेका बेला हरेक देशले यो महामारीको अन्त्यका लागि आवश्यक रुपमा मिलेर काम गर्नुपर्ने प्रवक्ता हुवाको भनाई थियो।

यस अवस्थामा विश्व स्वास्थ्य संगठनसँगको संलग्नता या अरु कुनै पनि विषयमा बेमेल राखेर नभएर मिलेर र समन्वय गरेर काम गर्नुपर्नेमा उनले जोड दिइन्।

हालैका केही समययता अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई नै तोडिदिएको छ। अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायताको काम पनि रोकेको छ।

जसले गर्दा उक्त संगठन आर्थिक समस्यामा पनि फस्नसक्ने देखिएको विश्लेषण गर्न थालिएका समाचारहरु आइरहेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .