रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक, विपक्षी नेता एलेक्सी नभाल्नीलाई स्नायुमा असर पर्ने विष खुवाइएकाे प्रमाण फेला परेको जर्मनीले दाबी गरेको छ।
गत महिना रुसकै साइबेरियामा उडिरहेको विमानभित्रै अचानक बेहोस भएका उनलाई उपचारका लागि जर्मनीले आफ्नो देशको अस्पतालमा ल्याएको हो। अहिले नाभाल्नी बर्लिनस्थित एक अस्पतालको कोमामा छन्।
जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीलाई त्यो विष कसरी खुावइयो भन्ने प्रश्नको जवाफ रुस सरकारसँग मागिने चेतावनी दिएकी छन्।
रासायनिक हतियारका रूपमा प्रयोग गरिने नोभिचोक नामको त्यस्तो पदार्थ तत्कालीन सोभियत सरकारले शीतयुद्धका बेला विकास गरेको थियो। बीबीसी
प्रतिक्रिया