कारोबार


कामना सेवाद्वारा श्रावण महिनाको ब्याजमा भारी छुट

कामना सेवाद्वारा श्रावण महिनाको ब्याजमा भारी छुट

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:२२,

कामना सेवा विकास बैंक लिमिटेडले व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकहरुलाई विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ।

बैंकले उक्त योजना अन्तर्गत यस्तो कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकहरुलाई श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशतसम्म व्याज रकममा छुट दिइसकेको थियो।

उक्त समयसीमा भित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकहरुले समेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्त भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।

यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायीहरुले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad