ad ad

राजनीति


ताइवानले भन्योः हामीमाथि आक्रमण गर्ने शक्ति चीनसँग अझै छैन

ताइवानले भन्योः हामीमाथि आक्रमण गर्ने शक्ति चीनसँग अझै छैन

नेपालखबर
भदौ १५, २०७७ सोमबार १२:३३,

चीनसँग ताइवानमाथि आक्रमण गर्ने शक्ति नभएको सो टापुको रक्षामन्त्रालयले बताएको छ। 

चीनको सैन्यशक्तिसम्बन्धी रक्षा मन्त्रालयले संसदमा पेस गरेको एक रिपोर्टमा चिनियाँ सेनाको शक्ति बढिरहेको उल्लेख छ।

‘चिनियाँ सेनाले सैन्य अभ्यासमार्फत नयाँनयाँ प्रकारका लडाइँका लागि आफूलाई तयार गरिरहेको छ, नयाँ प्रविधि र हतियार विकास गरिरहेको छ,’ मन्त्रालयको रिपोर्टमा भनिएको छ, ‘तर, ताइवानतर्फको अपरेसनको कार्यनीति र रणनीतिको सवालामा ताइवानको भौगोलिक वातावरणले उसलाई अवरोध गर्छ। चीनको अवतरणको सामग्री र लजिस्टिक क्षमता अपूर्ण छ।’

‘ताइवानमाथि पूर्ण रुपमा आक्रमण गर्नका लागि चीनसँग अझै पर्याप्त युद्धक्षमता छैन,’ रिपोर्टमा भनिएको छ।

पछिल्लो समय ताइवानले निरन्तर सैन्य क्षमता बढाइरहेको छ। अमेरिका–चीन सम्बन्ध बिग्रिँदै जाँदा ताइवानले अमेरिकाबाट झनै बढी हतियार किनिरहेको छ।

अमेरिकी अधिकारीहरुको ताइवान भ्रमण बढ्दै गएपछि चीनले सो क्षेत्रमा सैन्य गतिविधि वृद्धि गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .