ad ad

समाज


भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

नेपालखबर
भदौ १५, २०७७ सोमबार १२:२९,

मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्।

‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्।

पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले सोमबार मात्र एक विज्ञप्ती जारी गरेर मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएको थियो।

सोमबार भेन्टिलेटरमा उपचाररत मुखर्जीको फोक्सोमा संक्रमण देखिएका कारण उनलाई सेप्टिक सक ‘कम रक्तचापको अवस्था’ भएको अस्पतालले बताएको थियो।

उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको थियो। अगस्ट १० मा दिल्लीस्थित सैनिक अस्पतालमा मुर्खजीलाई भर्ना गरिएको थियो।

टाउकोमा जमेको रगत निकाल्न अस्पताल भर्ना गरिएका मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पनि भएको थियो। शल्यक्रिया गरेको केही समयपछि नै उनी कोममा गएका थिए। एजेन्सी

याे पनि: 
भारतका पूर्वराष्ट्रपतिको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .