ad ad

राजनीति


‘सिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी-अनलाइन’मार्फत चरित्र हत्या गर्ने क्रम बढ्यो : रिमाल

 ‘सिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी-अनलाइन’मार्फत चरित्र हत्या गर्ने क्रम बढ्यो : रिमाल

नेपालखबर
भदौ १३, २०७७ शनिबार ८:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकारिताका नाममा सार्वजनिक ओहोदाका व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति बढेको भन्दै आक्रोश पोखेका छन्।

हालै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका विषयमा सञ्चारमाध्यममा आएका कुराप्रति उनले शनिबार बिहान फेसबुकमा तीव्र आक्रोश पोखेका हुन्।

उनको स्टाटसकाै पूर्णपाठ यस्ताे छ 

अचेल नियमितजस्तै यस्तो हुने गरेको छ–

पहिलो कदम–

सार्वजनिक पदमा रहेका आफ़ना प्रतिस्पर्धीको ‘चरित्र–सिकार’ गर्न ‘सिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी-अनलाइन’मार्फत चरित्र–हत्या गर्न रचिएको कथा सार्वजनिक गरिन्छ।

दोश्रो कदम–

त्यही ‘कथा’लाई त्यस्तै ‘पानी-अनलाइन’ले केही घण्टाभित्र साभार गरी पुनः प्रकाशन गर्छ।

तेश्रो कदम–

‘फेक न्युज’को ‘होलसेलर’ले त्यस ‘कथा’लाई आफ़्नो ‘बिक्रेता समूह’मार्फत फेसबुक वा ट्विटर या दुवै सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्छ । तुरुन्तै, पहिलेदेखि नै तैनाथ ‘पेसेवर सञ्जालकर्मी’हरूको सक्रियता बढ्छ। पक्षमा, विपक्षमा या आश्चर्य व्यक्त गर्दै टीका–टिप्पणी सुरु हुन्छ । मेसेन्जर, ह्वाट्स एप, भाइबर आदिमा फैलाइन्छ।

चौथो कदम–

एक-दुई दिन मैं ‘पानी-अनलाइन’को ‘फेक न्युज’ भाइरल बनाइन्छ । सामाजिक सञ्जाल पर्याप्त प्रदूषित भएपछि ‘फेक न्युज’को ‘सत्यता’ पुष्टिको अभियान सुरु हुन्छ । यसका लागि ‘लिडिङ’ अनलाइन या प्रिन्ट मिडियामा प्रवेश गराइन्छ । यो बिन्दुमा आइपुगेपछि हाम्रो व्यावसायिक पत्रकारिता जुर्मुराउँछ।

पाँचौं कदम–

‘पानी-अनलाइन’ हुँदै मूलधारको मिडियामा प्रवेश गराइएको ‘फेक न्युज’ सुरुमा एउटा लिडिङ अनलाइन वा प्रिन्ट मिडियामा समाचार बनाइन्छ। त्यसको सप्लिमेन्ट समाचार सोही स्तरको अर्को मिडियाले ‘आकर्षक’ कलेबरमा प्रसारण गर्छ । अनि सुरु हुन्छ- अडियोरभिजुअल प्रचारप्रसार ।

‘त्यसको, त्यस कार्यमा संलग्नता,

त्यो, त्यस कार्यमा संलग्न रहेको बलियो प्रमाण,

त्यस कार्यमा रहेको संलग्नतामा तपाईंको प्रतिक्रिया...’

––– झण्डै अढाई बर्षदेखि यसरी यस्ता दर्जनौं ‘स्क्यान्डल’हरू र्सिजना गरिएका छन्। तथ्यले भन्छ– यस्तो ‘अभियान’मा मूलधारमा रहेका उहीरउही व्यावसायिक सञ्चारमाध्यम ‘दुरुपयोग’ भएका देखिन्छन्।

––– ‘सिकारी’हरूले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरूको चरित्रको सिकार गरिसकेका छन्। यो शृंखलाको पछिल्लो ‘टार्गेट’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईलाई बनाइएको छ।

––– सञ्चारकर्मी मित्रहरू,

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चारमाध्यमको यसरी दुरुपयोग भएको देख्दा मलाई मात्रै हैन, वास्तविक पत्रकारितामा जीवन बिताउनुभएका तपाईंहरूलाई पनि दुःख लागेको हुनुपर्छ। पेसागत ‘धर्म’का कारणले होला- तपाईंहरू फोन गर्नुहुन्छ, प्रतिक्रिया माग्नुहुन्छ।

तपाईंहरू नै भन्नुहोस्-

यस्तोमा के प्रतिक्रिया दिऊँ रु के कमेन्ट गरुँ?

‘सिकारी’को पासोमा कोही किन परौं?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .