राजनीति


हाम्रै कमरेडहरुको मिडियाले मेरो चरित्रहत्या गर्न खोज्यो: माधव नेपाल

हाम्रै कमरेडहरुको मिडियाले मेरो चरित्रहत्या गर्न खोज्यो: माधव नेपाल

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १४:१६,

नेकपाकै नेताहरुले चलाएको सञ्चारमाध्यमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चरित्रहत्या गरेको उनको सचिवालयले जनाएको छ।

नेता नेपालले नेकपाको विवाद समाधानका लागि गठित कार्यदलबारे कुनै टिप्पणी नगरेको तर त्यसबारे मनगढन्ते समाचार प्रकाशन गरी चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव मोहन गौतमले बताएका छन्।

'नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर विभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन,' गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, 'अझ दुखद् कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाँहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टि लिने नियोजित कोसिस भएको छ।'

सचिवालयबाट अनुमोदन गरिएको कार्यदलले तयार पारेको प्रस्तावमाथि शनिबारको सचिवालयकै बैठकमा नेता नेपालले आफ्नो धारणा राख्ने गौतमले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad