सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई तिब्बतको ल्हासाका लागि महावणिज्यदूत नियुक्त गर्ने तयारी गरेको छ।
हाल मन्त्रालयको दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख रहेका ढकाललाई चीनको स्वसाशित क्षेत्र तिब्बतको ल्हासाको महावाणिज्यदूत बनाउन लागिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सोमबार वा बिहीबार बस्ने मन्त्रीपरिषद बैठकले ल्हासाका लागि ढकाल र हङकङ तथा मकाउका लागि उदयबहादुर रानामगरलाई महावाणिज्यदूत बनाउने प्रस्ताव स्वीकृत गर्ने तयारी छ।
नुवाकोटका ढकाल यसअघि निर्वाचन आयोगको प्रवक्ता थिए।
प्रतिक्रिया