बाराको बिश्रामपुर गाउँपालिका–२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका–१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद लुटपाट भएको छ।
यादवले शनिबार दिउँसो भैंसी किन्न भनी उक्त नगद लिई हिँडेकोमा फेटा गाउँपालिका–२ कान्तिपुर बरैनिँया बस्ने २१ वर्षीय मनोज यादव समेत ५ जनाले कुटपिट गरी घाइते बनाई उनको रकम लुटेर फरार भएका हुन्।
कुटपिटबाट घाइते भएका यादवको नेशनल मेडिकल कलेज बीरगंजमा उपचार भइरहेको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया