समाज


काठमाडौंसहित ६ जिल्लामा ५ सय बढी संक्रमित, यी चार जिल्लामा शून्य

काठमाडौंसहित ६ जिल्लामा ५ सय बढी संक्रमित, यी चार जिल्लामा शून्य

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ११:२१,

पछिल्लो २४ घण्टामा ७०७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशैभर यो संख्यामा संक्रमित थपिएका हुन्।

धेरै संख्यामा संक्रमित भएका ६ जिल्ला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार पाँच सय बढी संक्रमित रहेका जिल्ला ६ वटा रहेका छन्। ती जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं हुन्।

त्यस्तै चारवटा जिल्लाहरु भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमित शून्य रहेको गौतमले जानकारी दिए।

आईसीयूमा १२९ जना, भेन्टिलेटरमा ७
प्रदेश १ मा ११, प्रदेश २ मा ४६, वाग्मतीमा ५४, गण्डकीमा ६ र प्रदेश ५ मा १२ जना गरी जम्मा १२९ जना बिरामी आईसीयूमा उपचार गराइरहेका छन्।

त्यस्तै भेन्टिलेटरमा सात जना उपचाररत छन्। ती सबै वाग्मती प्रदेशका रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोभिड १९ को लागि आईसीयू बेड कुल ९४६ उपलब्ध रहेको उनले बताए। यसमध्ये भेन्टिलेटरको संख्या ४९६ रहेको उनको भनाइ छ।

याे पनिः 
गएको २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु
देशभर थपिए ७०७ जना कोरोना संक्रमित, निको हुने संख्या १७ हजार ९६४ पुग्यो
उपत्यकामा थपिए २ सय संक्रमित, अरू कुन जिल्लामा कति भेटिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad