राजनीति


विदेशबाट नेपाली ल्याउन नियमित उडान सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगिँदै

विदेशबाट नेपाली ल्याउन नियमित उडान सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगिँदै

मणि दाहाल
भदौ ४, २०७७ बिहिबार १०:४,

पर्यटन मन्त्रालयले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नियमित उडान सुरु गर्ने प्रस्ताव आज बिहीबार बस्ने मन्त्रिपरिषद्मा लैजाने भएको छ।

पर्यटन मन्त्रालका एक उच्चअधिकारीले आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोना महामारी कम भएका र हवाइ यात्रुलाई पीसीआर परीक्षण सहज उपलब्ध भएका मुलुकमा नियमित उडानका लागि प्रस्ताव लैजान लागिएको बताए।

त्यसैगरी कोभिड–१९ को संकट बढि भएका र पीसीआर परीक्षण सहज नभएका मुलुकमा भने फरक ढंगले नेपालीहरुको उद्धार गरिनेछ

‘कोभिड संकट कम भएका र पीसीआर परीक्षण सहज भएका देशमा नियमित उडान खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषदमा लगिनेछ’ मन्त्रालयका एक उच्चअधिकारीले भने, ‘संकट बढी भएका र पीसीआर परीक्षण सहज नभएका देशबाट कुन मोडेलमा काम गर्ने भनेर छलफल भैरहेको छ।’

कोरोना संकट व्यवस्थापनको विषयमा निर्णयहरु गर्नका लागि आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ।

तर यसरी आउने यात्रुले अनिवार्य रुपमा सात दिन होटलको क्वारेन्टिनमा भने बस्नु पर्नेछ। त्यसपछि गरिने परीक्षणमा कोरोना संक्रमण नदेखिए मात्रै यात्रु आफ्नो घर जान पाउनेछन्।
कोरोना महामारी सुरु भएपछि सरकारले चार्टर्ड उडानबाट विदेशमा रहेका नेपालीहरुलाई स्वेदश ल्याउने गरेको छ।

तर विदेशबाट आउने यात्रीलाई राख्न क्वारेन्टिन नभएको भन्दै अहिले उडान स्थगित गरिएको छ।

यहि अन्यौलका कारण दुबई पुगेको नेपाल वायुसेवा निगमको विमान समेत रित्तै स्वेदश फर्किएको थियो।

२ सय ५६ यात्रु नलिई विमान रित्तै फर्केपछि त्यसको तीव्र आलोचना भएको छ।

दुबई विमानस्थल पुगेपछि फर्किनु परेपछि ती यात्रुहरुले नेपाल सरकारविरुद्ध नारावाजी गरेका थिए।

सोहि बिषयमा कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)मा उपप्रधानमन्त्री इश्वर पोखरेल र पर्यटन तथा उड्डयन मन्त्री योगेश भट्टराईबीच विवाद भएको थियो।

पोखरेल नेतृत्वको सीसीएमसीले विदेशबाट नेपाल ल्याउन स्वीकृति नदिएपछि दुबई पुगेको जहाज पनि रित्तै फर्केको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .