राजनीति


साझा पार्टीले थप्यो ७ केन्द्रीय सदस्य

साझा पार्टीले थप्यो ७ केन्द्रीय सदस्य

नेपालखबर
साउन ५, २०७६ आइतबार ८:४,

साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा ७ जना नयाँ सदस्य थपेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

नयाँ थपिएका सदस्यहरूमा नेपाल जेसिसमा राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक कीर्ति तुलाधर छिन्। उनी अन्तरार्ष्ट्रिय जेसिसको उपाध्यक्ष समेत भइसकेकी व्यक्ति हुन्। हाल उनी उदाय् मिसा पुचकी अध्यक्ष छिन्।

यसैगरी जनस्वास्थ्यमा विद्यावारिधि गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेदवार सुमित्रा सिंह लामा, शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला, नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन, प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापालाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ।

झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी, काभ्रे जिल्लाका २०० भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, व्यवसायी तथा साहित्यकार विकु लामा समेत केन्द्रीय सदस्य भएका छन्।

साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्दैछ।

'विविध क्षेत्रमा उपलब्धि हाँसिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुन: पुष्टि गरेको छ', साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, 'नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad