संघीय संसदको नयाँ प्रतीक चिन्हको डिजाइनबारे सर्वत्र आलोचना भएपछि संसद सचिवालयले सोको सुधार र परिमार्जनका लागि फिर्ता गरेको छ।
‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका ब्याच पिनहरुमा संरचनागत र साजसज्जासम्बन्धी समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मंगलबार त्यस कार्यालयमा फिर्ता पठाइएको छ,’ संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघीय संसदको नयाँ प्रतीक चिन्हमा पहिले प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखिएको छ भने संघीय संसद नेपाल शब्दहरु थप गरिएको छ।
सचिवालयका पदाधिकारी र सदस्यहरुले लगाउने संघीय संसदको प्रतीक चिन्हको ३५० थान ब्याच पिन तयार गर्न बागमती प्रदेश सरकार अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।
दुई लाल सुनको जलप, १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको नयाँ लोगो बनाउन प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको संसदले जनाएको छ।
याे पनि:
सांसदलाई नयाँ नक्सासहितको लोगो, २ लाल सुन र १ तोला चाँदी हाल्दा एउटामा ५५ सय खर्च
संसद सचिवालयद्वारा जारी सूचनाः


प्रतिक्रिया