कारोबार


दराज र भिसाबीच साझेदारी

दराज र भिसाबीच साझेदारी

नेपालखबर
भदौ १, २०७७ सोमबार १५:२८,

नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन नेपालको अग्रणी अनलाइन बजार, दराज, र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लीडर, भिसा, साझेदारीमा प्रवेश गरेका छन्।

२०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ।

यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ सम्म भिसा कार्ड प्रीपेन्टमा १५ प्रतिशत छुट दिइरहेका छन्। दराजमा ५ हजार भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किराना, देखि फेसनसम्मका ४५ हजार भन्दा बढी उत्पादनहरू रहेका छन्।

ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरि, आफूले दराजमा सेभ गरि राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे रु ५०० सम्मको अधिकतम छुट पाउनेछन्। यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागू हुनेछ।

‘नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्य लाई अघि बढाउन एकदमै खुसी छौं। यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।

भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबरसोर्सका प्रमुख, शैलेश पलले भने, ‘सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिंग हाल एकदमै महत्वपूर्ण भएको छ। हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराज सँग साझेदारी गर्न पाउँदा खुसी छौं। दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनिहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ।’

नेपालमा अनलाइन शपिंगको माग र अनलाइन भुक्तानीको प्रयोग बढ्दै छ। यस साझेदारीको साथ, दराज र भिसा संयुक्त रूपमा आउँदो दिनमा ग्राहकहरूका लागि विश्वसनीय, सुरक्षित र झन्झट मुक्त अनलाइन शपिंग अनुभव सुनिश्चित गर्न चाहन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad