ad ad

राजनीति


नेकपा सचिवालय बैठक आज

नेकपा सचिवालय बैठक आज

नेपालखबर
भदौ १, २०७७ सोमबार १:४८,

सत्तारुढ नेकपाको सचिवालय बैठक एक महिनापछि आज (सोमबार) बस्दैछ। ३ साउनपछि आज सचिवालय बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे नौ बजे बैठक बस्ने नेकपा स्रोतले जनाएको छ। नेकपाका एक नेताका अनुसार पार्टीभित्रको विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गर्न सचिवालय बैठक बोलाइएको हो।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार बिहान ट्वीट गर्दै साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालयको बैठक आज ९:३० बजे बालुवाटारमा हुने तय भएको जानकारी दिएका छन्।

नेकपाभित्र विवाद चुलिएपछि त्यसको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

तर, पार्टी कमिटीमा छलफल नगरी कार्यदल बनाइएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले असन्तुष्टि जनाएपछि बैठक बोलाइएको हो।

शनिबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा नेताहरुले असन्तुष्टि जनाएपछि कार्यदल अनुमाेदनका लागि सचिवालयको बैठक डाकिएको हाे।

यसअघि ३ साउनमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। त्यसप्रति पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

आजको सचिवालय बैठकले अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गर्ने र कार्यदलको कार्यादेश पनि तयार पार्ने स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .