ad ad

राजनीति


उपकुलपतिहरुलाई शिक्षामन्त्रीको निर्देशन : एक हप्तामै कोभिड केन्द्रित ६–महिने कार्यतालिका ल्याउनू

उपकुलपतिहरुलाई शिक्षामन्त्रीको निर्देशन : एक हप्तामै कोभिड केन्द्रित ६–महिने कार्यतालिका ल्याउनू

नेपालखबर
साउन ३२, २०७७ आइतबार १४:२३,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुलाई अबको न्यूनतम ६ महिनाका लागि कोभिड–१९ केन्द्रित क्यालेन्डर र कार्यतालिका एक हप्ताभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्।

विश्वविद्यालय अनुदान आयोगले सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुसँग आइतबार गरेको अनलाइन बैठकका क्रममा शिक्षामन्त्री पोखरेलले सो निर्देशन दिएका हुन्।

मन्त्री पोखरेलले माहामारीको सामना गर्ने क्रममा ५–६ महिना वितिसकेको हुँदा अब सबै विश्वविद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीहरुको ट्रयाकिङ्ग गरिसकेको आफ्नो बुझाइ रहेको बताएका थिए।

मन्त्रिले उपकुलपतिहरुलाई अब पनि अनलाईन भएन, इन्टरनेट भएन, सबै विद्यार्थीको पहुँचमा पुग्न सकिएन, विद्युत भएन जस्ता विषय सो छलफलमा नराख्न उपकुलपतिहरुलाई आग्रह गरेका थिए।

उनले यस्तो अवस्थामा अब कसरी काम गर्ने भन्ने तरिका प्रस्ताव गर्न निर्देशन दिएका थिए।

सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई असहजताबीच पनि हामी अध्ययन गरीरहेका छौ भन्ने महशुस गराउन सक्नैपर्ने शिक्षामन्त्रीको धारणा थियो।

मन्त्रिले कोभिड केन्द्रित भएर शिक्षा नीतिलाई परिमार्जन गर्ने तयारीमा मन्त्रालय जुटेकोले त्यसबारे पनि समयमै सुझावहरु दिन अनुरोध गरेका थिए।

सो छलफलका क्रममा सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्ना विश्वविद्यालयहरुको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए।

उपकुलपतिहरुले विद्यार्थिहरुको ट्रयाकिङ्ग गर्न बाँकि रहेको, परीक्षा सम्पन्न भएकाहरुको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको तर पासआउट हुने विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न समस्या रहेको, डाटासेन्टर नभएकोले साझा डाटा सेन्टर स्थापना गर्दा प्रभावकारी हुने लगायतका सुझावहरु समेत राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .