राजनीति


प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

नेपालखबर
साउन ३१, २०७७ शनिबार ९:५,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई र शुभकामना दिएका छन्।

‘७४औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री मोदीजी, उहाँको सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु’, प्रचण्डले शनिबार करिब २ बजे ट्वीट गर्दै भनेका छन्।

भारतको स्वतन्त्रता दिवसको सन्दर्भ पारेर आज शनिबार नै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेर बधाई दिएका थिए।

प्रधानमन्त्री ओली र मोदीबीच करिब ११ मिनेट कुराकानी भएको र नेपाल–भारतबीच देखिएका समस्याहरू सुल्झाउन छलफल अगाडि बढाउने सहमति भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .