नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बिज्ञान देव पाण्डेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
यही साउन २६ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका पाण्डेलाई शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
उपरथी दर्जामा पदोन्नति भएका पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको जंगी अड्डाले जनाएको छ।
प्रतिक्रिया